News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनुपविक्रम शाही फिल्म '१२ गाउँ'को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् र निर्देशक विराज भट्टसँग मंगलबार लिखित सम्झौता भएको छ।
- फिल्म '१२ गाउँ २' को छायांकन बैशाख पहिलो सातादेखि सुरु हुने तयारीमा छ र च्यासलमा ३० लाख रुपैयाँको सेट तयार पारिनेछ।
- अनुपविक्रम शाहीले हालै भुटान-नेपालको संयुक्त प्रोजेक्ट 'टनेल २६'को काम सकेका छन् र बलिउड फिल्म 'मातृभूमि' प्रदर्शन तयारीमा छ।
काठमाडौं । अभिनेता अनुपविक्रम शाही फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् । निर्देशक तथा निर्माता विराज भट्ट र अनुपविक्रमबीच मंगलबार लिखित सम्झौता भएको छ ।
सम्झौता लगत्तै सामाजिक संजालबाट विराजसँगको फोटो सेयर गर्दै अनुप लेख्छन्- केही नयाँ र ठूलो र उत्साहित तुल्याउने चीज आउँदैछ ।’ उनले विराजलाई मेन्सन गरेका छन् ।
अनुपको भूमिकाबारे उल्लेख नगरिएपनि स्रोतले उनी खलपात्रको रोलमा देखिन लागेको बताएको छ । फिल्मलाई ठूलो स्केलमा छायांकन गर्ने तयारी भैरहेको जनाइएको छ ।
जसको लागि च्यासलमा ३० लाख रुपैयाँको सेट तयार पार्ने काम भैरहेको छ । आफूलाई पात्रमा ढाल्न अभिनेता समीर भट्ट जिम धाइरहेका छन् । पर्दामा समीर भर्सेस अनुपको यो केमेस्ट्री चाहिँ गजब देखिने अनुमान लगाउन सकिन्छ ।
‘१२ गाउँ २’ को छायांकन बैशाख पहिलो सातादेखि सुरु हुने तयारीमा छ ।
अनुपविक्रमको कुरा गर्दा, उनको डेब्यू अभिनय रहेको बलिउड फिल्म ‘मातृभूमि’ प्रदर्शन तयारीमा छ । यो फिल्ममा उनी सलमान खानसँग देखिएका छन् । उनले हालै भुटान-नेपालको संयुक्त प्रोजेक्ट ‘टनेल २६’को काम पनि सकेका छन् ।
प्रतिक्रिया 4