+
+
Shares

ब्यस्त अनुप : थिम्पुमा ‘टनेल २६’ छायांकनपछि मुम्बईमा ‘ब्याटल अफ गलवान’ को डबिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १३:५८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अनुपविक्रम शाही बलिउड फिल्म 'ब्याटल अफ गलवान' को प्रचारप्रसारमा सलमान खानसँग भारतमा सहभागी हुने भएका छन्।
  • 'ब्याटल अफ गलवान' फिल्म अप्रिल १७ मा प्रदर्शन हुने छ र अनुपले फिल्मको २५ प्रतिशत भागमा अभिनय गरेका छन्।
  • अनुपले भुटानमा निर्माण भइरहेको 'टनेल २६' फिल्ममा शीर्षमध्येको भूमिका निभाउँदै थिम्पु जाँदैछन्।

काठमाडौं । अभिनेता अनुपविक्रम शाही आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को प्रवर्धनमा सहभागी हुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै यो अवसर आफूमात्र नभएर नेपाली फिल्म उद्योगकै लागि सुखद मौका हुने बताए ।

अपूर्व लाखिया निर्देशित सो फिल्म १७ अप्रिलमा प्रदर्शन तयारीमा छ । निर्माताले हालै सलमान खानको जन्मदिनको अवसरमा फिल्मको प्रदर्शन मिति घोषणा गरेका थिए ।

‘अहिले फिल्मको पोस्ट-प्रोडक्सन कार्य भैरहेको छ । मेरो डबिङ नै बाँकी छ । त्यसपछि उहाँहरूले प्रमोसनमा बोलाएपछि समय निकाल्छु’ अनुपले अनलाइनखबरसँग भने ।

अनुपले सलमानसहित फिल्मको क्रूसँग मिलेर भारतमा उक्त फिल्मको प्रचारप्रसार गर्नेछन् ।

त्यसअघि उनी भुटानमा निर्माण भैरहेको जम्बोइ फिल्म ‘टनेल २६’ मा काम गर्न थिम्पु जाँदैछन् । नेपाल र भुटानका मेकरको सह-निर्माणमा बनिरहेको यो फिल्ममा अनुपको शीर्षमध्येको भूमिका छ ।

भारत र चीनबीचको हिंसात्मक झडपको कथा पेश गर्ने ‘ब्याटल अफ गलवान’ मा अनुपको शीर्षमध्येको भूमिका रहेको बताइएको छ । उनले सलमानसँग लद्दाख र मुम्बईमा महिनौं छायांकन गरिसकेका छन् । फिल्मको कूल दृश्यको २५ प्रतिशत भागमा अनुप देखिने बताइएको छ ।

अहिले ‘हिमालय रोडिज’ को सातौं सिजनको फिनालेका लागि नेपालमा रहेका अनुप केही दिनमा पुनः भुटान जाँदैछन् । जहाँ, अहिले रोकिएको ‘टनेल २६’ को छायांकन सुचारु हुनेछ ।

एकपछि अर्को विदेशी फिल्ममा अनुपको ब्यस्तता उनको करिअरका लागि महत्वपूर्ण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?