+
+
Shares

सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट अनुपविक्रम शाहीको बलिउड डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १९:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अभिनेता अनुपविक्रम शाहीले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका छन्।
  • लद्दाखमा पहिलो फिल्मको सेड्युलको छायांकन सकिएको अनुपले सामाजिक संजालबाट जानकारी दिएका छन्।
  • फिल्म सन् २०२६ मा रिलिज हुने र १५ जुन २०२० को गलवान घाँटी झडपमा आधारित छ।

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका छन् ।

लद्दाखमा पहिलो फिल्मको सेड्युलको छायांकन सकेको जानकारी उनले दिएका छन् । अपूर्व लाखियाले निर्देशन गरिरहेको यो फिल्मलाई सलमानको ब्यानर सलमान खान फिल्म्सले निर्माण गरिरहेको छ ।

अनुपले यसबारे सामाजिक संजालबाट जानकारी दिएका छन् ।

उनी लेख्छन्, ‘ सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गर्दैछु । अगाडिको यात्राको लागि उत्साहित छु ।’

भारतीय संचारमाध्यमका अनुसार सलमानले पनि पहिलो चरणको छायांकन सकेर मुम्बई फर्किएका छन् ।

यो फिल्मलाई सन् २०२६ को प्रतीक्षित फिल्म बताइएको छ । जुन १५, २०२० मा गलवान घाँटीमा भएको भारतीय र चिनियाँ सेनाबीच भएको झडपको कथावस्तुमा फिल्म आधारित छ ।

फिल्ममा सलमानले सैनिक अफिसरको रोल निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?