+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

बलिउड डेब्यू ‘ब्याटल अफ गलवान’ मा यस्तो देखिए अनुपविक्रम शाही

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यू बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ को डबिङका लागि चाँडै मुम्बई जाने तयारीमा छन्।
  • ‘ब्याटल अफ गलवान’ फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ।
  • फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमा रिलिज भएको छ, जसमा अनुपलाई भारतीय सेनाको भूमिकामा र सलमान खानसँग देखाइएको छ।

काठमाडौं । अभिनेता अनुपविक्रम शाही आफ्नो डेब्यू बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर उत्साहित छन् । यो फिल्मको डबिङको लागि उनी चाँडै मुम्बई जाने तयारीमा छन् ।

शनिबार फिल्मको पहिलो गीत ‘मातृभूमि’ युट्युबमा रिलिज भएको छ । जहाँ, संक्षिप्तरुपमा अभिनेता शाहीलाई देख्न सकिन्छ । उनलाई भारतीय सेनाको भूमिकामा देख्न सकिन्छ ।

तीनवटा सटमा अनुपलाई देखाइएको छ । एउटा वाइड दृश्य, दोस्रोमा क्लोजअप र तेस्रोमा सलमान खानसँग उनलाई चित्रण गरिएको छ । सलमानजस्ता विश्वचर्चित बलिउड स्टारसँग अनुपको यो स्क्रिन-सेयर उनको करिअरका लागि महत्वपूर्ण अवश्य हो ।

भारतीय देशभक्तिपूर्ण यो गीतमा सलमान, अनुपसहित अभिनेत्री चित्रांगना सिंह समेत फिचर्ड छिन् । यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ ।

अपूर्व लाखिया निर्देशित ‘ब्याटल अफ गलवान’ फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?