+
+
Shares

‘ब्याटल अफ गलवान’मा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट !

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सलमान खानको फिल्म 'गलवान'को पहिलो छायांकन लद्दाखमा सम्पन्न भएको छ जहाँ एक्सन दृश्य खिचिएका छन्।
  • फिल्म 'गलवान' भारत-चीन द्वन्द्वमा आधारित छ र नेपाली अभिनेता अनुपविक्रम शाही खलनायकको भूमिकामा छन्।
  • सलमान खानले फिल्ममा कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् र फिल्मको अर्को छायांकन मुम्बईमा हुनेछ।

मुम्बई । बलिउडका ‘दबंग’ सलमान खान अहिले टिभी शो ‘बिग बोस’ र फिल्म ‘गलवान’मा ब्यस्त छन् । फिल्मको पहिलो छायांकन लद्दाखको सुन्दर उपत्यकामा गरिएको छ जहाँ, एक्सनका दृश्य खिचियो ।

यो फिल्म भारत-चीन द्वन्द्वमा आधारित छ । निर्माताले नेपाली अभिनेता अनुपविक्रम शाहीलाई कास्ट गरेका छन् । अनुपले केही दिनअघि फिल्मको पहिलो चरणको छायांकन सकेको जनाएका छन् ।

फिल्म निकट स्रोतका अनुसार ‘गलवान’मा भारतीय र चिनियाँ सैनिकबीच भएका ५ अलग-अलग झडपका दृश्य छायांकन गरिएको थियो । एक्सन दृश्य शानदार र यथार्थपरक देखिने सुनिश्चित गर्न, २५० देखि ३०० सैनिक छायांकनमा संलग्न थिए ।

यी दृश्य छायांकन गर्न थाइल्याण्डबाट १५-२० जनाको विशेष एक्सन टोली पनि बोलाइएको स्रोतले बतायो । लद्दाखको चिसो मौसम र अक्सिजनको अभावको बाबजुद पनि यो टोलीले पूर्ण ऊर्जाका साथ काम गरेको थियो ।

लद्दाखपछि, फिल्मको अर्को तालिका अब मुम्बईमा छायांकन गरिनेछ । यसको लागि मुम्बईको मेहबूब स्टुडियोमा एक विशाल लद्दाखको सेट निर्माण गरिएको छ ।

मौसमको चुनौतीका कारण त्यहाँ पूरा हुन नसकेका बाँकी एक्सन दृश्य र अन्य दृश्य छायांकन गर्ने उद्देश्य छ ।

स्रोतका अनुसार, बाँकी कलाकार र क्रूले जम्मा २७ दिन छायांकन गरे पनि सलमानले लद्दाखमा ५-६ दिन मात्र छायांकन गरे । उनको तालिका एकदमै सीमित थियो, दिउँसो ३ बजे खाजापछि आइपुग्थे र केवल २–२.५ घण्टा मात्र छायांकन गर्थे ।

बाँकी दृश्य उनको बडी डबल प्रयोग गरेर छायांकन गरिएको थियो । सलमानको सुरक्षा पनि अत्यन्तै कडा थियो । उनीसँग सधैं चार वा पाँच गाडी, १० वा १२ व्यक्तिगत सुरक्षा गार्ड र लद्दाख प्रहरी र सेनाका कर्मचारीहरू हुन्थे ।

फिल्ममा सलमानको पात्रले चिनियाँ सैनिकलाई भारतीय सीमा पार नगर्न शान्तपूर्वक मनाउन खोज्छ, तर जब उनीहरूले सुन्दैनन्, झगडा हुन्छ । फिल्ममा धकेल्ने, दौडने र ढुङ्गा हान्नेजस्ता विभिन्न एक्सन दृश्य छन्, जसले यसलाई धेरै रोमाञ्चक बनाउँछ ।

फिल्ममा सबैभन्दा ठूलो खुलासा खलनायकको भूमिकासँग सम्बन्धित छ । यो भूमिका नेपाली अभिनेता अनुपविक्रम शाहीले निर्वाह गरेका छन् । यो उनको पहिलो बलिउड फिल्म हो, जसमा उनको सलमानसँग १३ मिनेटको ठूलो फाइट सिन पनि छ ।

वास्तविक जीवनको घटनामा आधारित यस फिल्ममा सलमानले कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् । फिल्मले उनको पछाडिको कथा पनि उजागर गर्नेछ । अभिनेत्री चित्रांगदा सिंहले मेजर सन्तोष सिंहकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।

दैनिक भाष्करबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?