+
+
Shares

होटलमा चेकजाँच नगर्न आग्रह गर्दै घुस दिने सञ्चालक प्रहरीको फन्दामा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २३ गते १३:१२

२३ माघ, काठमाडौं । आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै आएका २९ वर्षीय सुदिप न्यौपाने पक्राउ परेका हुन्।

उनले छापा मार्न गएको प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठसहितको टोलीलाई घुस स्वरुप नगद ५ हजार रुपैयाँ दिन खोजेका थिए । लगत्तै उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले अनलाइनखबरलाई बताए ।

उनलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइएको महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरीको आर्थिक अनियमिततामा शुन्य सहनशिलताको अवधारणा अनुरुप आन्तरिक सुद्धिकरण अभियान लागू भएपछि प्रहरीमा आएको परिवर्तन बुझ्न नसक्दा होटल सञ्चालक फस्न पुगेको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?