
२३ माघ, काठमाडौं । धरान उपमहानगरपालिका–२ स्थित संखुवासभा होटलमा २० वर्षीय युवती बलात्कृत भएकी छिन् ।
उनलाई बलात्कार गरेको आरोपमा खोटाङ दिप्रुङ गाउँपालिका–३ का २२ वर्षीय नविन राई पक्राउ परेका छन् ।
प्रहरीका अनुसार राईले गत १३ पुसमा धनकुटाको चौबिसे गाउँपालिका–५ घर भइ सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्दै आएकी ती युवतीलाई होटलमा जबरजस्तीकरणी गरेका थिए ।
होटलको कोठा नम्बर १०२ मा आफूमाथि बलात्कार भएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय, धरानमा सोमबार जाहेरी दिएकी छन् ।
पीडितको जाहेरी लगत्तै प्रहरीले राई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4