Comments Add Comment

प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएन

२३ माघ, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवलेहना गरेको दाबी गर्दै परेको निवेदन सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।

निवेदक मनोज अधिकारीले दिएको निवेदन कारण नखुलेको भन्दै रजिष्टारले फिर्ता गरेका छन् । अब कारण खुलाएर निवेदन दिएमा दर्ता वा दरपीठ हुनेछ ।

डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाका क्रममा प्रधानन्यायाधीशले आफूलाई बोलाएर धम्क्याएको डा. सुरेन्द्र भण्डारीको दाबी र उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदनका आधारमा अधिकारीले अवहेलनाको निवेदन दिएका थिए ।

निवेदनमा पराजुलीसँगै अधिवक्ता भण्डारी र सञ्चार माध्यमहरुलाई समेत विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment