Comments Add Comment

पर्सामा फोटोकपी गरेर बनाइएका नक्कली नोटसहित दुई जना पक्राउ

दुई दिनमा लागूऔषधसहित ५ नियन्त्रणमा

२३ माघ, वीरगञ्ज । पर्सा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–४, दामनका २५ वर्षीय नारायण गुरुङ रे काँकडा गाउँपलिका–५, सिलदानीका ३१ वर्षीय कृतिबहादुर मोक्तान छन् ।

गत १९ माघमा १ हजार रुपैयाँको १९ वटा नक्कली नेपाली नोटसहित उनीहरु पक्राउ परेका थिए । शंकास्पद अवस्थामा हिडिरहेका गुरुङ र मोक्तानलाई वीरगञ्ज महानगरपालिका –८, घण्टाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

‘प्रहरीलाई शंका लागेर दुवै जनाको शरीर खानतलासी गर्दा उनीहरुको साथबाट नक्कली नोट फेला परेको थियो’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं ।’

रेग्मीका अनुसार नोटको नम्बर एउटै रहेकोले फोटोकपी गरेर ल्याएको हुन सक्नु आशंका गरिएको छ । ‘नोटको प्रकृति हेर्दा फोटोकपी गरेर ल्याएको जस्तो देखिन्छ । धेरै ठूलो समूह छ जस्तो लाग्दैन’, उनले भने, ‘अरुको पनि संलग्नता छ कि भनेर खोजी गरिरहेका छौं ।’

माइस्थानबाट मुर्ली चोकतर्फ आउँदै गरेका उनीहरुको साथबाट ङ ८६–३७८०८९ नं को ११ थान, घ ९ ६ १५०५५० नं को ४ थान र ग ८४ ४४९८३३ नं र ङ ४०–७०१७१९ नं को २/२ थान गरी १९ थान एक हजार दरको नक्कली नेपाली रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले बताए ।

दुवै जना विरुद्ध खोटाचलन मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।

वेवारिसे सवारी साधन राजश्वमा पठाउने तयारी 

पर्सा प्रहरीले विभिन्न समयमा बरामद गरी सवारी धनीलाई सवारी लिन आव्हान गर्दा पनि नआई वेवारिसे बनेका सवारी साधन राजश्वमा पठाउने भएको छ ।

पटकपटक सूचना प्रकाशन गर्दा पनि कसैले सवारी साधनको हकदावी गर्न नआएकाले कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग मध्य क्षेत्रीय कार्यालय पथलैयामा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जर्नाएको छ ।

प्रहरी कार्यालय परिसरमा अलपत्र अवस्थामा रहेका १४८ थान मोटरसाइकल, बिहार ०५ एपी १३१५ नम्बरको बोलेरो गाडी र एक थान स्वराज ट्याक्टर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रिय कार्यालयमा पठाउन लागिएको पर्साका प्रहरी उपरीक्षक रेग्मीले बताए ।

लागूऔषधसहित ५ जना पक्राउ

पर्सा प्रहरीले दुई दिनमा ५ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । १९ र २० माघमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पर्सा प्रहरीले वीरगञ्ज–१६, रजत जयन्ती चोकबाट ३ जना र वीरगञ्ज–७ बाट दुई जना गरी ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का २१ वर्षीय राजिव थापा, वीरगञ्ज महानगरपालिका–१ का १८ वर्षीय अब्दुल आलम र पर्साको सुवर्णपुर गाउँपालिका–१ का १९ वर्षीय सञ्जिव खड्का पक्राउ परेका हुन् ।

भारतबाट शंकास्पद अवस्थामा आउँदै गरेका उनीहरुमध्ये अब्दुलको साथमा रहेको कालो प्लाष्टिकको झोलाबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेट २ सय ७३ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता लिम्बुले बताए ।

त्यस्तै, वीरगञ्ज–७ मा रहेको माईस्थान विद्यापिठ माध्यमिक विद्यालयको सडकबाट दुई जना पुरुष लागु औषध सहित पक्राउ परेका हुन् ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ कुम्हालटोलका १८ वर्षीय मनिष श्रीवास्तव र बाराको कलैया उपमहानगरपालिका–३, भटौडा बस्ने २२ वर्षीय नकुलप्रसाद पटेललाई पक्राउ गरेको हो ।

भारतीय सीमावर्ती शहर रक्सौलबाट आउँदै गरेका उनीहरुको साथबाट लागूऔषध इन्जेक्सन डाइजी ल्याब ६० थान, लुपिजेसिक ६० थान र फेनारगन ६० थान गरी १ सय ८० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment