Comments Add Comment

सिमरा गोल्डकप माघ २५ देखि, मनाङ मर्स्याङ्दी नखेल्ने           

२३ माघ, सिमरा । नवौं सिमरा गोल्डकप माघ २५ शुरु हुने भएको छ । आयोजक नवजनजागृति युवा क्लबले मंगलबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

आयोजक क्लबका अध्यक्ष कासिम मियाँले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिताको दुई संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी हुन नसक्ने बताएपछि आयोजक क्लबको निलो र सेतो गरी २ टिम प्रतियोगितामा सहभागि हुने मियाँले बताए ।

प्रतियोगितामा साविक विजेता संकटा, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल एपीएफ, मोरङ फुटबल क्लब, वीरगञ्ज युनाइटेड, सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब हेटौंडा र आयोजकको दुई टिम सहभागी हुनेछन् ।

आगामी फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन माघ २५ गते चर्चित कलाकार तथा समाजसेवी जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गर्ने कार्यक्रम रहेको आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल ७५ लाख ९८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment