Comments Add Comment

बेल्जियम मेलामा नेपालको स्टल मुख्य आकर्षण

२३ माघ, स्पेन । बेल्जियमको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको स्टल प्रमुख आकर्षण बनेको छ । बुद्ध स्तोपा र प्यागोडा शैलीको मन्दिरले सजिएको नेपाली स्टलमा आगन्तुकको भीड लागेको छ । ६० औं संस्करणको ‘ब्रसेल्स होलिडे फेयर’मा ब्यानर, प्लेकार्ड, पोष्टर,पर्यटन प्रचार सामग्री नेपाली स्टलमा प्रदर्शन गरियो।

बेल्जियम स्थित नेपाली राजदूतावासको संयोजनमा, एनआरएनए बेल्जियम, नेपाली संघसंस्था र नेपाली समुदायले मेलामा देशको पर्यटन प्रवर्द्धनमा सघाएका छन् ।

बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले यसपटक मेलामा स्टल सजावटलाई ध्यान दिएको बताए । उनले भने, ‘प्यागोडा शैलीको मन्दिर र बुद्धको स्तुपा, चारैतिरबाट नेपाल लेखिएको दृश्यले धार्मिक, कला, संस्कृति र प्राकृतिक सुन्दरता झल्कदा स्टलमा धेरैको ध्यान केन्द्रित भएको पाइयो।’

बेल्जियमका फ्लामिस र फ्रेन्च वालोनी प्रदेशका पर्यटन मन्त्रीहरु समेत स्टलमा पुगेका थिए । बेल्जियमका मन्त्रीहरुलाई राजदूत थापाले ढाका टोपी उपहार समेत दिए।  दूतावासले आगन्तुकहरूलाई नेपाली परम्परागत चिया र कफीले सत्कार गरेको थियो ।

नेपाल बेल्जियम फ्रेन्डसीप एसोसिएसनले मेलामा स्वयंसेवकहरु पठाएर नेपालको सहभागितालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ। कयौं पटक नेपाल पुगेका र नेपालबारे बुझेका बेल्जिक स्वयंसेवकहरुले स्थानीयहरुले राखेको जिज्ञासा समाधान गरेका थिए । राजदूत थापा भन्छन्, ‘यसपटक हामीले नेपालबारे  स्थानीयभाषामा नै बुझाउन सकेका छौं। नेपाल किन घुम्ने ? भन्नेबारे जिज्ञासा राख्नेहरुलाई प्रष्ट रुपमा बुझाउन सकेका छौं भन्ने लागेको छ।

नेपालका रक र सिद्धी संगीत समूहले उद्घाटन सत्रमा प्रस्तुति राखेका थिए । फेब्रअरी १ देखि सुरु भएर ४ तारिख सम्पन्न भएको मेलालाई झन्डै १ लाख ५० हजारले अवलोकन गरेको अनुमान छ।

तस्वीर सौजन्य : राजेन्द्र रसाइली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment