Comments Add Comment

पहाडी क्षेत्रमा आज पानी पर्न सक्ने

२४ माघ, काठमाडौं । बुधवार दिउँसो पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना बढेको छ ।

मंगलवार जस्तै बुधबार पनि आकाश डम्म छ । मौसम विज्ञान विभागका अनुसार, पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिन्छ ।

पहाडी क्षेत्रमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात समेत बढ्न सक्ने छ ।

काठमाडौंको अहिले बिहानको तापकक्रम १० डिग्री सेन्टिग्रेड छ । यही कारण केही चिसो महसुस भएको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार, भोलिदेखि मुलुकभरकै आकाश खुल्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment