Comments Add Comment

पानीको वाफले यसरी चम्काउँछ अनुहार

अनुहार कसरी सुन्दर बनाउने ? कसरी मुलायम बनाउने ? कसरी ताजा बनाउने ? अक्सर हामी यसैको खोजीमा हुन्छ ।

त्यसैले त कहिले थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौं, कहिले पार्लर धाइरहेका हुन्छौं । अनुहारको सौन्दर्यले समग्र व्यक्तित्वमा प्रभाव पार्छ । त्यसैले सकेसम्म हामी अनुहारलाई आकर्षक, दागरहित, ताजा देखाउन चाहन्छौं ।

त्यसो त अहिले अनुहार चम्काउनका लागि बजारमा थरीथरीका कस्मेटिकस उत्पादन छन् । थरीथरीका उपचार विधी पनि छन् । प्लाष्टिक सर्जरीसम्मका सुविधा उपलब्ध छन् । यद्यपी प्राकृतिक ढंगबाट जति प्रभावकारी हुन्छ, त्यती प्रभावकारी अन्य विधी हुँदैन । अझ कस्मेटिक्सको प्रयोगले दुष्प्रभाव पार्न सक्छ । किनभने केमिकलयुक्त त्यसता उत्पादनले क्षणिक रुपमा नतिजा दिए पनि दीर्घकालिन रुपमा छालालाई नोक्सान गर्छ ।

त्यसैले छालाको स्याहारका लागि महंगा बजारिया उत्पादनहरुभन्दा घरेलु विधि प्रभावकारी हुन सक्छ । यसले छालालाई चम्काउने मात्र होइन, पोषण दिने काम पनि गर्छ ।

आफ्नो छालाको प्रकृतिअनुसार घरेलु उपाय छनोट गर्न सकिन्छ । यसमध्ये वाफ लिनु पनि अति फाइदाजनक मानिन्छ । आमरुपमा मानिसहरु रुघाखोकी लाग्दा मात्रै वाफ लिने सोच्छन्, तर यस्तो होइन ।

वाफ लिनु पनि एउटा ब्यूटी ट्रिटमेन्ट हो । फेस स्टिमिङ गरेर तपाईं आफ्नो अनुहारमा चमकका साथै ताजापन पनि ल्याउन सक्नुहुन्छ । तर, यसका लागि वाफ लिने सही तरिका थाहा हुनुपर्छ । वाफ लिनका लागि स्टिमर वा एउटा बाल्टिनमा तातोपानी लिनुपर्छ । वाफ लिने क्रममा पुरा अनुहारलाई राम्रोसित कपडाले ढाकौं ताकि वाफ बाहिर नजाओस ।

वाफ लिनुका फाइदा

१. छालाको मैलो सफा हुन्छ । यसले छालामा रहेका मसिना छिद्रहरु खुल्छन् र त्यसभित्र रहेको फोहोर पनि सफा हुन्छ । यसले त्वचामा निखार आउँछ ।

२. स्टिम लिँदा डेड स्किन पनि सजिलै सफा हुन्छ । यसले छालामा प्राकृतिक चमक आउँछ ।

३. यसले डण्डीफोर तथा चाउरीलाई कम गर्छ र भविष्यमा हुन सक्ने सम्भावना पनि घटाउँछ ।

४. यसबाट छालाको मोइस्चर ब्यालेन्स कायम रहन्छ । जसले गर्दा छाला फुस्रो र बेजान देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment