+
+
Shares

यस्तो रह्यो ‘कान्छी सुपर नाइट'(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १३:०२


काठमाण्डौको अन्नपूर्ण होटलमा मंगलबार बेलुकी ‘कान्छी म्यूजिकल नाइट २०१८’ आयोजना गरिएको छ । ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माण गरिरहेको माझी बस्तीको लागि सहयोग जुटाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्र तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिंखडा, हाँस्य कलाकार जितु नेपाल, गायक यूवराज चौलागाँइ, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धमेन्द्र सेवना, निर्देशक आकाश अधिकारी, नायिकाहरु अशिष्मा नकर्मी, मरिष्का पोखरेल, जेविका कार्की, कलाकार विनोद न्यौपाने, कमेडियन सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न कलाकारलाई सम्मान पनि गरिएको थियो ।

फागूण ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’लाई नायिका स्वेता खड्काले निर्माण गरेकी हुन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा स्वेता र नायक दयाहाङ राइको जोडीलाई पर्दामा हेर्न सकिन्छ ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?