Comments Add Comment

फागुन दोस्रो हप्ताभित्रै सत्ता हस्तान्तरण: कांग्रेस प्रवक्ता शर्मा

२४ माघ, विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

संवैधानिका प्रक्रियाका कारण केही ढिलाइ भए पनि राष्ट्रियसभा चुनाव सकिएकाले अब छिट्टै सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

प्रेस युनियन मोरङले वुधबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले भने ‘जनताले दिएको म्याण्डेट अनुसार कांग्रेस सत्ता हस्तान्तरण गरी प्रतिपक्षमा बस्न तयार छ, मुलुकले फागुनको दोस्रो सातासम्म नयाँ सरकार पाउनेछ ।’

प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुरगामी असर नपर्ने जिकिर गरे । उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

पत्रकारको प्रश्नमा शर्माले कांग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको बताए । निर्वाचनमा कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

उनले केन्द्रीय कार्य समितिको बैठक बोलाएर कांग्रेसले महासमिति बैठकको मिति तोक्ने पनि जानकारी दिए ।

प्रदेश १ मा जिल्ला सभापतिको भेला

प्रदेश १ का कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले सभापतिहरुको राष्ट्रिय सम्मेलन गर्न माग गरेका छन् । विराटनगरमा भएको भेलाले संघीय संरचना अनुसार पार्टीको विधान परिवर्तन गरेर शुद्धीकरण अभियान सञ्चालन गर्न पनि माग गरे ।

भेलाले निर्वाचन परिणामबारे गम्भीर छलफल गर्नुपर्ने, एक केन्द्रीय सदस्य एक जिल्लाको जिम्मेवारी प्रदान गर्नुपर्ने, जिल्ला कार्य समितिको संरचनालाई बलियो बनाउनुपर्ने लगायतको निर्णय गरेको मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment