Comments Add Comment

जातीयताकाे विवादले लियाे सानुकाे ज्यान, सहकर्मी पक्राउ

२४ माघ, काठमाडौं । काठमाडौंको मनोहरामा आफ्नै साथीले चिर्पट तथा ढुंगा प्रहार गर्दा एक व्यक्तिले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सिन्धुलीगढी घर भइ काठमाडौं बस्दै आएका यकीन नाम नखुलेका सानु मगर छन् ।

मंगलबार राति साथीसँग जातीयताकाे विषयलार्इ लिएर भएको विवादले उग्र रुप लिँदा उनको हत्या भएको थियो । मिस्त्री काम गर्ने उनलाई सहकर्मी खोटाङ चिसापानी–९ घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय प्रेम खड्का भनेर समेत चिनिने राजन कटुवालले हत्या गरेका थिए ।

सानुको हत्या गरी फरार रहेका खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बुधबार पक्राउ गरेको छ । र, आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment