+
+
Shares

महिला शौचालयमा भिडियो खिच्न खोज्ने सुन्धाराबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १८:१४
फाइल फोटो

२४ माघ, काठमाडौं । महिला शौचालयमा प्रवेश गरी भिडियो खिच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती–८ का रमेश श्रेष्ठ छन् ।

बुधबार बिहान साढे ८ बजे सुन्धारास्थित एक मलको महिला सार्वजनिक शौचालयमा प्रवेश गरी लुकिछिपी मोबाइलबाट भिडियो खिच्न खोजेको पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् ।

पीडित महिला नेपाल सरकारको अधिकृत तहको कर्मचारी भएको स्रोत बताउँछ ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहन थापाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?