+
+
Shares

बर्दिवासमा ८ तोला सुनसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २५ गते १२:०९

२५ माघ, वर्दिवास । इलाका प्रहरी कार्यालय, बर्दिवासले बिहीबार बिहान ८ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा यज्ञभूमी–९ का २७ वर्षीय किरण राई छन् ।

प्रहरी नायब उपरीक्षक प्रबिन पोखरेलका अनुसार बर्दिवास–१ स्थित भोला बसन्त चोकमा चेकजाँचको क्रममा राइलाई सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ गरेको राईलाई प्रहरी कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको उनको भनाइ छ । राईले काठमाडौंको बाटो हुँदै सुन ल्याएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?