Comments Add Comment

अब नेपालको विदेश नीति पनि छिमेकी पहिलो !

२५ माघ, काठमाडौं । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले छिमेक पहिलो नीति अवलम्बन गर्न सुझाव दिएको छ ।

कार्यदलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बुझाएको प्रतिवेदनमा चीन र भारतमा केन्द्रित हुन सुझाव दिइएको छ ।

राजनीतिक, सैन्य, आर्थिक र संस्थागत गरी चार भागमा तयार पारिएको प्रतिवेदनमा संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताका साथै राष्ट्रिय हितलाई केन्ऽमा राख्नुपर्ने सुझाव दिइएको छ ।

साथै छिमेकी पहिलो नीति लिएर भारत र चीनमा केन्द्रित हुनु पर्ने कार्यदलको सुझाव छ । ‘नेभरहुड फस्ट पोलिसी हुनुपर्छर् ‘ कार्यदल सदस्य प्रा डा श्रीधर खत्रीले भने, ‘त्यसका लागि मिसन, दूतावास र परराष्ट्रलाई बलियो बनाउनुपर्छ ।’

प्रतिवेदनको निष्कर्ष समग्रमा राष्ट्रिय स्वार्थमा केन्द्रित रहेर वैदेशिक सम्बन्ध बनाउनु पर्छ भन्ने रहेको भन्दै उनले जुनसुकै सरकारले यसका आधारमा काम गर्न सक्ने बताए ।

सरकारको ८ बैशाखमा परराष्ट्र नीति सम्बन्धबारे सुझाव दिन १६ सदस्य कार्यदल बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment