+
+
Shares

प्रणय-सप्ताहः प्रेमलाई बुझ्ने कि व्यक्त गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते ८:३०

प्रणय दिवस । अर्थात भ्यालेनटाइन डे । खासगरी प्रेम जोडीहरुको लागि यो उत्सव हो, जहाँ उनीहरु प्रेमिल सम्बन्धको गाँठो कस्न सक्छन् ।

अंग्रेजी क्यालेन्डरको फेब्रुअरी १४ आउन अझै बाँकी छ । यद्यपी प्रेम सप्ताह सुरु भइसकेको छ । हिजो रोज डे । आज प्रपोज डे । अर्थात हिजो गुलाबको फूल दिएर प्रेम व्यक्त गर्ने दिन । आज प्रस्ताव राख्ने दिन ।

हुन त, यो एउटा वाहना हो । प्रेम कुनै दिवसको छेक पारेर गरिने होइन । न यसका लागि कुनै समय र घडी नै कुर्नुपर्छ । प्रेम स्वतः हुन्छ, जब दुई जनाको मन घुलमिल हुन्छ ।

प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ । तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण र समपर्णभावलाई प्रेम भनेर बुझिएको छ । यस्तो प्रेममा त्याग हुन्छ ।

त, प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात बाचा गर्ने दिन । एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?