Comments Add Comment

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ, राधिका उपसभामुख बन्ने

प्रदेशसभा सभामुखको निर्वाचन भोलि शनिबार


२६ माघ,काठमाडौैं । नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता डोरमणि पौडेल निर्वाचित भएलगत्तै सभामुख सानु श्रेष्ठ हुने निश्चित भएको छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हराउँदै पौडेल शुक्रबार दलको नेता चयन भएका हुन् । एमाले संस्थापन पक्षले पौडेललाई मुख्यमन्त्री र सानु श्रेष्ठलाई सभामुख बनाउने आन्तरिक सहमति गरेर दलको नेताको चुनावमा गएको स्रोतले जनाएको छ ।

प्रदेश ३ को सभामुख निर्वाचन शनिबार हुँदैछ । संसदीय दलको नेता चयनसँगै अब सभामुखको उम्मेदवार तय गर्ने अधिकार पनि डोरमणिलाई हुनेछ ।

सभामुखको उम्मेदवार हुन लागेका सानु श्रेष्ठ एमाले पोलिटव्यूरो सदस्य हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्य निर्वाचित श्रेष्ठ पनि मुख्यमन्त्रीका दाबेदार थिए । उनलाई सभामुख बनाउने गरी ब्याक गरिएको हो ।

काठमाडौं जिल्ला विकास समितिको सभापति भइसकेका श्रेष्ठ पार्टीभित्र पुराना नेता हुन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भएका थिए ।

वाम भागवण्डामा उपसभामुख पाएको माओवादी केन्द्रले पनि उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीबाट राधिका तामाङ उपसभामुखको उम्मेदवार बन्ने छिन् । पूर्वराज्यमन्त्रीसमेत रहेकी तामाङ नुवाकोटबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् ।

उनलाई उम्मेदवार बनाउने निर्णय भएको प्रदेश संयोजक शालिकराम जम्मरकट्टेलले बताए ।

११० सदस्यीय प्रदेश ३ को प्रदेशसभामा एमाले एक्लैको बहुमत छ भने माओवादी समेत मिल्दा सभामुख र उपसभामुख दुबै चुनाव वाम गठबन्धनले जित्नेछ । एमालेको ५८ सांसद छ भने माओवादीको २३ सांसद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment