Comments Add Comment

राज्यले गैर हिन्दुलाई झड्केलो सन्तानको व्यवहार गरेकै होः प्रचण्ड

फाइल फोटो

२७ माघ, चितवन । गृहजिल्ला चितवन आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार आधा दर्जन बढी कार्यक्रममा सहभागी भए । त्यस मध्ये एक कार्यक्रम बौद्ध धर्मावलम्बीको धर्मदेशना र माहाबौद्ध गुम्बा उद्घाटन थियो ।

सम्बोधनका क्रममा राजनीतिबारे बोल्दिनँ भनेका प्रचण्डले धर्मबारे खुलेर धारणा राखे ।

सोमबार मात्र देवघाटमा जँदा धर्मगुरुले टेबल ठोकेर धर्मनिरपेक्ष किन राखियो, जनमत संग्रह गर्नुपर्छ भनेको सुनाउँदै भने, आज भिक्षुले राज्यले यो के गरेको भन्नुहुन्छ ।’

धर्मनिरपेक्षता स्वीकार गरेर राज्यले सबै धर्मलाई समान रुपमा सम्मान गर्ने भनेको तर, व्यवहार व्यस्तो भइनसकेको बताए ।

उनले अघि भने, एउटा धर्मलाई राज्यको धर्म, अरु भनेको मान्छेको धर्म जस्तो गरेको छ । बुद्धिस्टहरु, अरु धर्ममा विश्वास गर्ने जनतालाई राज्यले झड्केलो सन्तानको व्यवहार गरेकै हो । अहिले पनि त्यस्तो स्थिति अन्त्य भएको छैन ।’

माओवादी अध्यक्ष प्रचण्डले बौद्ध दर्शन, गुम्बाहरुको पुनर्निर्माणमा काम गर्न संवैधानिक प्रष्तिठान बनाउन पहल गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment