Comments Add Comment

श्वेता भन्छिन्-‘चितवन मेरो माइतीघर, ‘कान्छी’ले दर्शकको मन जित्छ’


फागूण ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कान्छी’को प्रचारका लागि यसकी नायिका स्वेता खड्का मोफसल दौडमा छिन् । नायक दयाहाङ राइको साथमा चलचित्रको प्रचारका लागि मोफसल पुगेकी नायिका खड्काले चितवनका पत्रकारसँग भलाकुसारी गरिन् ।

उनले, घर परिवारबाट आफूलाई बिहेका लागि कुनै दबाब समेत नभएको बताइन् । स्वेताले भनिन्-‘समाजमा एकल महिला भएपछि कताकता केहि यस्ता चर्चाहरु चल्ने गरेपनि त्यसलाई स्वभाविक रुपमा लिएकी छु । ‘चलचित्र कान्छी चलाउनका लागि मलाई कुनै स्क्याण्डलको खाँचो नै छैन’ स्वेताले चितवनको भरतपुरमा ‘कान्छी’ चलचित्रबारे गरिएको पत्रकार सम्मेलनमा भनिन्-‘म यस्ता कुरामा विश्वास राख्दिनँ । काम र मिहिनेतमा विश्वास गर्छु ।’ चितवनमा आफ्नो चलचित्रले ५१ दिन मनाएको हेर्न मन लागेको स्वेताको भनाई छ । उनले चितवनलाई आफ्नो माइतीघर समेत भनेकी छिन् ।

चलचित्र निर्देशक स्वर्गीय शिव रेग्मी की धर्मपत्नी ज्ञानु रेग्मीलाई बाँया र चलचित्रका नायक दयाहाङ राईलाई दाया राखेकी नायिका स्वेताले सबैको साथ र माया पाएर नै चलचित्र क्षेत्रमा फर्किएको बताइन् । शिव रेग्मी, चितवन र श्रीकृष्ण श्रेष्ठ भएकै कारण चलचित्र क्षेत्रमा आएको स्वेताको भनाई छ । ‘चलचित्र क्षेत्रमा यहाँहरु सवैको मायाले नै कमब्याक गरेकी छु, फेरि आउँछु जस्तो पनि लागेको थिएनँ’स्वेताले भनिन्-‘कान्छीमा पहिलो दिनदेखि नै मिहिनेत गरेकी छु, चलचित्र निर्माणमा कुनै संझौता गरेकी छैनँ ।

आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, प्रज्ज्वल सुजल गिरील गायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment