Comments Add Comment

सिमरा गोल्डकप : ट्राइबेकरमा सुदूरपश्चिमलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

मार्टिनमाथि २ खेलको प्रतिबन्ध

२९ माघ, सिमरा । नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार थ्रीस्टार क्लबले सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ४-२ ले परावित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सुदूरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीविरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्रीस्टारले टाइब्रेकरसम्म संघर्ष गर्नुपर्‍यो ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे । सुदूरपस्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गरे भने जीवन चौधरीको प्रहार थ्रीस्टारका गोल रक्षक एलन न्यौपानेले बचाए ।  सुदूर पश्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो ।

पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्रीस्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए ।

१-० ले पछि परेको सुदूरपश्चिमले ८७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । मणिराम चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए ।

पहिलो  हाफमा खेल पुरै आफ्नो नियन्त्रणमा राखेको थ्रीस्टारले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो ।

पहिलो हाफमा दबाबमा देखिएको सुदूरपश्चिम दोस्रो हाफमा खेलमा फर्कियो । दोस्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदूरपश्चिमका धेरै प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेेले गो

ल हुनबाट जोगाए । खेलको म्यान अफ दि म्याच थ्रीस्टारका गोल रक्षक न्यौपाने घोषित भए ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार साविक विजेता सिएमजी संकटा क्लब र वीरगञ्ज यूनाइटेड क्लबबीच हुनेछ ।

मार्टिनमाथि २ खेलको प्रतिबन्ध

निर्धारित ९० मिनटको खेल बराबरीमा सकिएपछि आफ्नै टिमका खेलाडीमाथि हातपात गरेका अपि|mकी खेलाडी अजाजी मार्टिनलाई प्रतियोगिताको अनुशासन समितिले २ खेलको प्रतिबन्ध लगाएको छ ।

खेलपछि आइतबार साँझ बसेको समितिको वैठकले मार्टिनमाथि कारवाही गर्दै २ खेलको प्रतिबन्ध लगाएको समितिका संयोजक एवं प्रतियोगिताका जेनरल को-अर्डिनेटर शम्भुसिंह ठकुरीले जानकारी दिए ।

मार्टिनले विश्वास श्रेष्ठमाथि खेल सकिएपछि टाइब्रेकर अघि हातपात गरेका थिए । मार्टिनको प्रहारबाट श्रेष्ठको गालामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment