बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

Suzuki
अनलाइनखबर

२९ माघ, काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे ।

उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।

४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।

यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।

तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए ।

ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन् । अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो । तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।

सन्दिपको उत्कृष्ट बलिङ

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् ।

सोमपाल कामी, शरद भेषावकर र बसन्त रेग्मीले पनि १/१ विकेट लिए ।

आईपीएल टिम डिल्ली डियरडेभिल्समा आवद्ध भएपछि क्रिकेट जगतै ध्यान तानेका सन्दिप म्यान अफ दि म्याच बने ।

सन्दीपले प्रतियोगिताका चार खेलमा १४ विकेट लिइसकेका छन् ।

२०७४ माघ २९ गते २०:३९ मा प्रकाशित (२०७४ फागुन १ गते ७:५३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • keshab लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते २०:४२

    congratulation nepalese cricket team…

    24
    1
    Share

  • Sattya लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते २०:४३

    Great job

    13
    1
    Share

  • Ramesh लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते २०:५८

    badhai ka sathai best of luck next one for match.

    0
    0
    Share

  • Bishnu Bhusal लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते २२:३३

    We are proud to you Team Nepal.
    I was updating through espncricinfo
    अन्तिम बलमा मुटु नै बाहिर अाउलाजस्ताे धड्कीयाे
    जे हाेस् जीत नेपालकै भयाे
    Congratulations team Nepal
    All the best

    0
    0
    Share

  • चन्द्रकुमार थामी लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते २३:३०

    धेरै राम्रो हाम्रो देश नेपालको खेलाडीहरु पनि कुनै बिकसित राष्ट्रको खेलाडी भन्दा कम छैनन् बधाई छ खेलाडी मित्रहरूलाई यो भन्दा अझ राम्रो खेल्दै जनुहोला,,,

    0
    0
    Share

  • Arjun लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते ९:४०

    Congratulation to all this cricket team and wish you all the best to win the final.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this