Comments Add Comment

बदलिँदैछ फेसबुकको अनुहारः तन्नेरी छोड्दै, पाका जोडिँदै


विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किङ साइट फेसबुकको ‘फेस’ तीव्र रुपमा बदलिएको छ ।

अमेरिकामा बाउआमा तथा हजुरबा हजुरआमाहरुले ठूलो संख्यामा फेसबुक साइन अप गरिरहेका छन् भने युवा जमात तीव्ररुपमा फेसबुकबाट टाढा हुँदैछन् ।

एक अध्ययनले यो कुराको पुष्टि गरेको हो । इ–मार्केटरको एक रिपोर्ट अनुसार, फेसबुक छाड्ने युवा जमातलाई इन्स्टाग्रामको तुलनामा स्न्यापच्याटले तीव्र रुपमा आकर्षित गरिरहेको छ ।

यद्यपि, अमेरिकी बजारमा फेसबुकले अझै पनि वृद्धिदर हासिल गरिरहेको छ । यसको मुख्य कारण के भने फेसबुकमा पाका उमेरका प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको छ ।

युवा जनसंख्या फेसबुकका सबैभन्दा ठूलो प्रयोगकर्ता रहे पनि यो वर्गलाई टिकाइराख्नु र आकर्षित गरिरहनु फेसबुकका लागि ठूलो चुनौती हुने ठानिएकाे छ ।

इ–मार्केटरले अमेरिकामा १८ देखि २४ उमेर समूहका प्रयोगकर्ताको संख्यामा पहिलोपटक गिरावट आउने सम्भावना पनि दर्शाएको छ । योवर्ष उक्त उमेरका फेसबुक प्रयोगकर्ताको संख्यामा ५.८ प्रतिशतले गिरावट आउनेछ । त्यस्तै १२ देखि १७ वर्ष उमेरका प्रयोगकर्ताको संख्यामा ५.६ तथा १२ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको संख्यामा ९.३ प्रतिशतले कमी आउनेछ । रिपोर्ट अनुसार, सन् २०१९ मा पनि यो ट्रेण्ड कायम रहनेछ र २५ वर्षभन्दा कम उमेरका हरेक वर्ग समूहमा यस्तो गिरावट देखिनेछ ।

रिपोर्ट अनुसार, फेसबुकले यो वर्ष २५ वर्षभन्दा कम उमेरका २० लाख भन्दा धेरै प्रयोगकर्ता अमेरिकामा गुमाउनेछ । यसको लाभ स्नापच्याट र इन्स्टाग्रामलाई हुनेछ । सन् २०१८ मा स्नापच्याटमा थप १९ लाख तथा इन्स्टाग्राममा थप १६ लाख प्रयोगकर्ता थपिनेछन्, अमेरिकामा ।

स्मरणरहोस्, फेसबुक अहिले पनि अमेरिकामा सबैभन्दा धेरै मन पराइएको सोसल नेटवर्क हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment