Comments Add Comment

जब अन्तरिक्षमा खेलियो ३ देशबीच ब्याडमिन्टन…(भिडियोसहित)


के तपाइँले कहिल्यै उडेर ब्याडमिन्टन खेलेको देख्नुभएको छ ? अन्तरीक्षमा ब्याडमिन्टन खेलेको सुन्नुभएको छ ?

हालै अन्तरीक्षमा ब्याडमिन्टन खेल भएको छ । जसमा भाग लिने खेलाडीहरुले हावामा उडेर ब्याडमिन्टन खेलेको भिडियो सोसल मिडियामा चर्चित बनेको छ ।

अन्तरीक्षमा पहिलोपटक स्पेस ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएको छ । अन्तरीक्षको शून्य गुरुत्वाकर्षणमा खेलिएको उक्त म्याचमा ४ जना अन्तरीक्षयात्रीले ब्याडमिन्टनको डबल्स म्याच खेले ।

ब्याडमिन्टन खेल्नेमा अमेरिका, रुस र जापानका अन्तरीक्षयात्री सहभागी थिए ।

३ सय ६० डिग्रीको अद्भुत माहोलमा खेल खेलियो । ब्याडमिन्टन खेल खेल्नेमा नासाका जोसेफ अकासा, जापानी स्पेस एजेन्सीका नारिशिंगे कनाई, तथा रुसी स्पेस एजेन्सीका अलेक्जेन्डर मिसुरकिन र एन्टन शकाप्लेरोभ थिए । गत जनवरी १ मा उक्त खेल भएको थियो ।



एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment