Comments Add Comment

चुनाव सम्पन्न गरेकोमा चीनको बधाई, स्थायीत्व र आर्थिक विकास हुने आशा

१ फागुन, काठमाडौं । नेपालले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा चीनले बधाई दिएको छ ।

सोमबार चीनको विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार सम्मेलनमा भने ‘नेपालले सबै चुनावहरु सफलतापूर्वक सम्पन्न गरेकोमा चीन बधाई ज्ञापन गर्छ ।’

उनले आफूहरु नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताउँदै उनले भने ‘नेपालका राजनीतिक दलहरुले मिलेर काम गर्छन् र नयाँ सरकार गठन गर्छन् भन्ने आशा छ ।’ प्रवक्त सुहाङले नेपालमाा अब राजनीतिक स्थायीत्व र आर्थिक विकासको चरण सुरु हुने आशा पनि ब्यक्त गरेका छन् ।

प्रवक्त सुहाङलाई पत्रकारहरुले नेपालमा वाम गठबन्धनले चुनाव जितेकोमा चीनको के छ प्रतिक्रिया भनेर सोधे पनि उनले यसबारे जवाफ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment