Comments Add Comment

प्रचण्ड पुरानै राज्यसत्तामा विलय भए : मोहन वैद्य

'वाम गठबन्धन कम्युनिष्ट होइन'

फाइल फोटो

१ फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी दुवै पार्टीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भीर आरोप लगाए ।

उनले वाम गठबन्धन कम्युनिष्ट नै नभएको दावीसमेत गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको वैद्यको दावी छ ।

अध्यक्ष वैद्यले जनताले वाम गठबन्धनलाई नभई कम्युनिष्टहरुलाई निर्वाचनमा मतदान गरेको दावी पनि गरे । उनले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भइसकेकाले क्रान्तिको नेतृत्व गर्न नसक्ने तर्क पनि गरे ।

अध्यक्ष वैद्यले जनवाद ल्याउने गरी नेपाली क्रान्तिको नेतृत्व आफूहरुले मात्रै गर्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment