Comments Add Comment

एनसेलको टावरमा राखिएको ‘बम’ सेनाले निष्क्रिय बनायो


२ फागुन, भक्तपुर । सल्लाघारीमा रहेको एनसेल टावरमा राखिएको प्रेसरकुकर ‘बम’ नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।

गार्मेन्ट रहेको एक भवनको छतमा एनसेलको टावर थियो । त्यहीँ छतमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्फोजल टोली पुगेको थियो ।

सेनाको टोलीले बोरामा प्याक गरिएको प्रेसरकुकर बरामद गरेको छ ।

यो भवनमा सुरक्षा गार्डहरु पनि छन् । तर, छतमा रहेको टावरसम्म पुगेर कसरी शंकास्पद वस्तु राख्यो भन्ने शंकास्पद रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment