Comments Add Comment

हिमालयन बैंकको कार्ड घोटेर वा अनलाइनबाट सामान किन्दा क्यास ब्याक


२ फागुन, काठमाडौं । हिमालयन बैंकले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ ।

यस योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा पाँच प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्यमा नगद फिर्ता गर्नेछ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३ हजारभन्दा बढि पीओएस मेशिनहरु सञ्चालनमा छन् ।

यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको पीओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment