Comments Add Comment

एमाले-माओवादी एकतामा कांग्रेस खुशी हुन्छ : मन्त्री विश्वकर्मा

२ फागुन, काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले एमाले-माओवादी केन्दबीचको एकतामा आफूहरु खुशी हुने बताएका छन् ।

दुई पार्टीको एकतासँगै मुलुकमा आर्थिक समृद्धि र विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले आफू सुरुदेखि नै दुई पार्टीबीचको एकताको पक्षमा रहेकोले एमाले-माओवादीबीच एकता हुनु मुलुक र जनताको लागि पनि शुभ हुने धारणा राखे ।

उनले भने,’म त दुई पार्टी मिल्नुपर्छ भन्ने पक्षको मान्छे हुँ, उहाँहरुबीच एकता भयो भने यो खुशीको कुरा हो, यदि भएन भने पनि उहाँहरुलाई एक बनाउन अर्थात मिलाउनको लागि कांग्रेसले मध्यस्थता गर्छ, म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधिसभा समानूपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष बुझाए आजै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा दिने बताए ।

उनले भने, ‘आयोगले आज मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्यूले आजै साँझ राजीनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment