Comments Add Comment

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

फाइल फोटो

२ फागुन, काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् ।

भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment