Comments Add Comment

प्रदेश १ मा को–को बन्दैछन् मन्त्री ? गृह मन्त्रालय आफैंसँग राख्ने मुख्यमन्त्री राईको इच्छा


३ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सपथग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

मुख्यमन्त्री राईले दिउँसो ३ बजे सपथ लिनेछन् । लगतै मन्त्रिपरिषद् गठन गर्ने एमाले र माओवादीको तयारी छ ।

तर, गठबन्धनमा सहभागी माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबी नछाडेकाले पहिलो चरणमा सहभागी हुने मन्त्रीको नाम टुंगो लागेको छैन ।

मुख्यमन्त्री राईले भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैंसँग राख्ने इच्छा व्यक्त गरेका छन् । माओवादीले आन्तरिक मामिला मन्त्रालय नपाए अर्थमा दाबी गरेको छ ।

राईले गठबन्धनभित्र छलफलपछि पार्टीबाट मन्त्री बनाउने व्यक्तिको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्दैछन् ।

स्रोतका अनुसार एमालेबाट हिक्मत कार्की र माओवादीबाट इन्द्र आङ्बो पहिलो चरणमा मन्त्री बन्दैछन् ।

गठबन्धनमा कुरा मिलेको खण्डमा एमालेबाट पहिलो चरणमै जगदिश कुसियत र जीवन घिमिरे पनि मन्त्री बन्दैछन् ।

मन्त्रिपरिषद गठनका लागि गठबन्धन र पार्टीभित्र परामर्श भइरहेको मुख्यमन्त्री राईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment