Comments Add Comment

प्रदेश ६ मा एमालेले अनावश्यक बखेडा झिक्योः शक्ति बस्नेत

३ फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता शक्ति बस्नेतले प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेले अनावश्यक बखेडा झिकेको बताएका छन् । त्यहाँ केन्द्रमा भएको सहमति लागू नभए अन्यत्र पनि प्रभावित हुन सक्ने उनको चेतावनी छ ।

केन्द्रको भागवण्डा अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीको भागमा परेको छ । तर, एमाले प्रदेश कमिटीले प्रदेश ६ को मुख्यमन्त्री आलोपालोको दाबी गरेको छ । त्यही कारण प्रदेश सरकार गठन प्रभावित भएको छ ।

तर, माओवादी प्रदेश ६ इन्चार्ज बस्नेतले भने एमालेले अनावश्यक बखेडा झिकेको बताए ।

‘केन्द्रमा भएको सहमति लागू हुनुपर्छ । एक ठाउँमा लागू नहुने भन्ने हुँदैन’ बस्नेतले अइलानखबरसँग भने, ‘त्यहाँ सहमति उल्लंघन भए देशभर प्रभावित हुन्छ ।’

एमालेले सरकार गठनका लागि माओवादीलाई तत्काल समर्थन गर्नु पर्ने बस्नेतले बताए ।

माओवादीले प्रदेश ६ मा महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment