+
+

ललिपुरमा इटालियन नागरिकको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १२:५६

३ फागुन, काठमाडौं । ललितपुरको गोधावरीमा एक जना इटालियन नागरिकको मृत्यु भएको छ ।

कुपण्डोलस्थित होटल ग्रिनवीच भिलेजमा बसेका ७२ वर्षीय फ्रेस्सको पिएट्रो भ्यान्सलीको बुधबार मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता नरेन्द्र चन्दले उनको मृत्यु भएको पुष्टि गरे । प्रहरीका अनुसार ग्रिनवीच होटलका सञ्चालक प्रविण आचार्यको घरमा उनको मृत्यु भएको हो ।

उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । उनी बाथरुपमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

चन्दका अनुसार मृतक इटालियन नागरिक र होटल सञ्चालक साथी हुन् ।

यसैबीच, प्रहरीले उनको मृत्यु अस्वभाविक भन्दै अनुसन्धान सुरु गरेको छ । उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

सञ्चालकलाई निगरानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?