+
+
Shares

प्रदेश ६ मा एमाले पछि हट्यो, मुख्यमन्त्रीमा महेन्द्र शाहीलार्इ समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १६:४१

३ फागुन, काठमाडौं । प्रदेश ६ मा आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेको एमाले पछि हटेको छ ।

एमाले पछि हटेपछि आजै माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीका लागि एमालेको समर्थनमा प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्दैे छन् ।

एमाले-माअोवादीको संयुक्त कार्यदलले यस अघि नै प्रदेश ६ मा मुख्यमन्त्री माअोवादीलार्इ दिन सहमति गरिसकेपनि एमालेले अालोपालो गर्नुपर्ने नयाँ प्रस्ताव गरेको थियो ।

नेकपा एमाले प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेलले मुख्यमन्त्री आलोपालो गर्नुपर्ने प्रस्ताव राखेपछि सरकार गठन समेत हुन सकेको थिएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?