चलचित्र ‘कान्छी’ भोलीबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रलाई लिएर नायिका स्वेता खड्का उत्साहित छिन् । स्वेताले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मन जित्ने विश्वास समेत व्यक्त गरेकी छिन् । यसैविच, स्वेता र नायक दयाहाङ राइका केहि रोमान्टिक तस्बिर बाहिरिएका छन् । पोखराको फेवातालमा खिचिएको तस्बिरमा स्वेतालाई रातो गुलाब दिदै दयाहाङ राई मुस्कुराएका छन् ।
आकाश अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले गाउँकी ‘कान्छी’को कथालाई उठान गरेको छ । नायिका स्वेता खड्काले चलचित्र क्षेत्रमा आफ्नो कमब्याक सबैको मायाको कारणले भएको भन्दै हलमा दर्शकले पनि साथ दिने विश्वास व्यक्त गरेकी छिन् । चलचित्रमा समावेश ‘चरी चट्ट परि फूरुरु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4