+
+
Shares

पैसा नभएपनि ‘माइक्रोम्याक्स क्यानभास इन्फिनीटि’ किन्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १८:२२

३ फागुन, काठमाडौं । माइक्रोम्याक्स ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंक प्रालि सँगको सहकार्यमा सुन्धारास्थित इजिमोबाइल कियर प्रालिले माइक्रोम्याक्स क्यानभास इन्फिनीटि मोवाइल फोन सरल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।

कम्पनीले हाल नेपालीबजारमा लोकपि्रय मोडल एचएस२ सुरुमा पैसा नलिइमासिक किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका सबै मोडलका मोवाइल फोनहरु शुन्य प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरिद गर्न सक्नेछन् । किस्ताबन्दीको अवधि ६ महिना, १२ महिना र १८ महिना रहने छ ।

यो सेवा इजिमोबाइल कियरको स्टोर न्यूरोड ताम्राकार मोबाइल कम्पेल्क्सको पाँचौ तला र सिटिसि मलको चौंथो तलामा उपलब्ध हुनेछ । ग्राहकले केवल रु १८५०० को सरल किस्ताबन्दीमा मोबाइल आफ्नो बनाउन सक्नेछन् ।

माइक्रोम्याक्स क्यानभास इन्फिनीटि स्मार्टफोनका ग्राहकहरुले फोनको खरिदमा एउटा पारदर्शि कभर निशुल्क प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?