Comments Add Comment

केपी ओली बने प्रधानमन्त्री

३ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

वाम नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री शेरबहादुर देेउवाले राजीनामा दिएकै थिएनन् । हतारहतार अन्तिम मन्त्रिपरिषद् बैठक राखेका देउवाले बालुवाटारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिए । लगतै बालुवाटार पुगेका उनले राजीनामा बुझाए ।
वाम नेताहरुलाई अर्को कोठामा राखेर राष्ट्रपतिले देउवको देउवाको राजीनामा बुझिन् ।

लगतै ओलीलाईर् प्रधानमन्त्री नियुक्त गरे । बहुमत दाबी गर्दै विहान ९ बजेतिरै शीतल निवास पुगेका वाम नेताहरु ओलीले नियुक्ति बुझेपछि मात्र मात्र बाहिरिएका थिए ।

शीतल निवासमा सपथ

नवनिर्वाचित प्रधानमन्त्री ओलीले बिहीबार पद तथा गोपनियताको सपथ लिए । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमै निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गरे ।

सपथपछि लैनचौरस्थित सहिद स्मारकमा पुगेर माल्यापर्ण गरेका नवनिर्वाचित प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार सम्हाल्दैछन् ।

३० दिनभित्र विश्वासको मत दिनुपर्ने

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त पर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

ओलीको सरप्राइज : अर्काको सपथमा पुगेका लालबाबु आफैं….

देउवाले बिगारेको अर्थतन्त्रको साँचो ओलीका हातमा

प्रधानमन्त्री चयनसँगै सेयर बजारमा हरियाली, मनोवैज्ञानिक प्रभाव

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

शीतलनिवासमा देउवा र ओलीवीच लुकामारी !

प्रधानमन्त्री ओलीले भने – सम्पूर्ण इमानका साथ काम गर्छु

देउवाको चौथो कार्यकालः कांग्रेसलाई अबगाल !

मेरो जिम्मेवारी पुरा भयो, नयाँ सरकारलार्इ शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment