Comments Add Comment

‘एक भिलेन २’मा सिद्धार्थसँग कृतिको जोडी


बलिउड चलचित्र ‘एक भिलेन’ले बक्स अफिसमा कमालको व्यापार गर्यो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राको भूमिकालाई सबैले प्रशंसा पनि गरे । यो चलचित्रको गीतले पनि बजारमा तहल्का मच्चाएको थियो । यो चलचित्रमा सिद्धार्थसँग नायिका श्रद्धा कपुरको जोडी देखिएको थियो । अब, चलचित्र ‘एक भिलेन २’ पनि बन्ने भएको छ । तर, यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्रा नै देखिएपनि नायिका भने परिवर्तन भएकी छिन् ।

‘एक भिलेन २’मा नायिकको रुपमा कृति सेननलाई फाइनल गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कृति चलचित्र ‘बरेलीकी बर्फी’पछि बलिउडमा चर्चित छिन् । यो चलचित्रलाई मोहित सुरीले निर्देशन गर्दैछन् । चलचित्रमा कृति फाइनल भएको बिषयमा यसको निर्माणपक्षले केहि पनि बोलेको छैन । चाडै नै यो चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment