४ फागुन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बालुवाटारस्थित निवासबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको छ ।
०७४ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4