Comments Add Comment

नेपाल राजनीतिक स्थायित्व र समृद्धितर्फ अग्रसरः राष्ट्रपति भण्डारी

४ फागुन, गुल्मी । राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै नेपाल समृद्धितर्फ अग्रसर भएका बताएकीछन् ।

शुक्रवार गुल्मीको रुरु गाउँपालिका-१ को रिडीस्थित रुरु संस्कृत तथा साधारण माबिको सतवाषिर्की अबसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृति शिक्षाको आधुनिकरण गर्दै समृद्ध समाज बिकास गर्न समद्ध पक्ष दिनुपर्ने बताइन् ।

उनले सामाजिक तथा सांस्कृतिक सहिष्णुता, सदभावलाई थप सुदृढ पार्दै देशको गौरवशाली मौलिक पहिचाहनसहित अघि बढनुपर्ने बताइन् ।

शैक्षिक बिकास मार्फत ज्ञानका बिभिन्न क्षेत्रहरुको उजागर गर्नु यस सन्र्दभमा उपयुक्त हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।

संस्कृत प्राचिन भाषाका अत्तिरिक्त अधिकांश भाषाहरुको जननी ज्ञान र एबं बौदिकताको अथाहा भण्डार भएको भन्दै उनले यो भाष र यसमा लिखित बहुमुल्य प्राचिन गन्थ्रहरु पूर्खाहरुले आर्जन गरेका ज्ञान र बिज्ञानका उपलब्धीहरु समाबिष्ट भएको बताइन् । तर, यस भाषाको समुचित संरक्षण हुननसक्दा भाषासँगै यसमा अन्तरनिहित धेरै समृद्ध ज्ञानबाट आजको मानव समुदाय बिमुख हुनुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment