+
+
Shares

संघीयता खारेज गर्नुपर्छः चित्रबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ५ गते १६:४०

५ फागुन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संघीयता खारेजीको बिकल्प नै नरहेका बताए ।

नेपाली भुमिले संघीयता धान्नै नसक्ने भन्दै उनले भने, ‘बिदेशीको ईशारामा नेपालमा संघीयता ल्याइएको हो, नेपालमा प्रजातान्त्रिक विकेन्द्रीकरण सहितको ब्यवस्था उपयुक्त हुन्छ ।’

एमाले माओवादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेपनि पार्टी एकताको कुनै सम्भावना नरहेको उनले बताए ।

केसीले माओवादीको २१ औ शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवादको सारमा एउटै भएको समेत टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?