Comments Add Comment

झम्के साँझमा बालुवाटार प्रवेश गरे प्रधानमन्त्री ओली

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटारमा सरेका छन् ।

ओली बालकोटबाट अपराहृन साढे ४ बजे नै बालुवाटार सार्ने पूर्वनिर्धारित कार्यक्रम थियो । उनलाई बालुवाटारमा स्वागत गर्न एमाले नेताहरु दिउँसै हातमा फूलमाला लिएर बसेका पनि थिए । तर, प्रधानमन्त्री ओली पुग्दा साँझ पर्‍यो ।

विहानैबाट माओवादी अध्यक्ष प्रचण्डसँग वान टु वान वार्तामा बसेका उनी दिउँसो सिंहदरबार पुगे । एमाले उपाध्क्ष बामदेव गौतम नेतृत्वको कार्यदलको प्रतिवेदन बुझेर सरकारी निवास बालुवाटार पुग्दा झमक्कै साँझ परिसकेको थियो ।

उनको स्वागत गर्न बसेका एमाले नेता कार्यकर्ता तथा समर्थकको ठूलै लाइन बालुवाटारमा थियो । उनीहरुबाट फूलमाला तथा खादा लगाउँदै बालुवाटार प्रवेश गरेका ओलीले अघिल्लो पटक बालुवाटार छाड्दा रोपेको रुखमा पानी पनि हाल्न भ्याए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment