Comments Add Comment

सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु, दुई घाइते

६, फागुन, चितवन । टाँडी र पर्साको बीचमा अवस्थित तरकारी चोकमा भएको सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्वरको जीपलाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ८९४० नम्वरको तरकारी बोक्ने बलेराले आइतबार साँझ ठक्कर दिएको थियो ।

दुर्घटनामा खैरहनी नगरपालिका-५ का वडाध्यक्ष विश्वबिजय बस्नेतको निधन भएको छ । गम्भीर घाइते बस्नेतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुर्घटनामा वडा नः ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् । दुबैको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।

बलेरो चालक फरार छन् भने गाडी चितवन प्रहरीको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी भैरहेको चितवन प्रहरी प्रमुख थापाले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment