+
+
Shares

संघीय शासन प्रणाली सफल बनाउनु सबैको दायित्वः प्रदेश प्रमुख खनाल

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते १०:५४

७ फागुन, सुर्खेत । प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले नेपाली जनताको माग अनुसार नेपालमा संघीयता आएकाले सबैको साथ सहयोगबाट संघीय शासन प्रणालीलाई सफल बनाउनु पर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा सुर्खेत समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खनालले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख खनालले नेपालमा हरेक परिवर्तनका लागि नेपाली जनताले आन्दोलन गरेको र त्यसको सार्थकता पुष्टि गर्न दिवसहरु मनाउने गरिएको भन्दै प्रजातन्त्र दिन नेपाली जनताको अधिकार शुभारम्भ भए दिनका रुपमा स्मरण गर्नुपर्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको सम्बृद्धि प्रदशकै जनताको हातमा रहेको भन्दै संघीयतालाई स्थापित गर्ने र अधिकारलाई सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका सभामुख, उपसभामुखका साथै मन्त्रीहरु र सरकारका उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?