+
+
Shares

बलात्कार राज्यविरुद्धको अपराध हो : सुशीला कार्की

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ७ गते १८:१८
फाइल फोटो

७ फागुन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बलात्कार राज्यविरुद्धको अपराध भएको बताएकी छिन् ।

राज्यविरुद्धको अपरापलाई लुकाउने छिपाउने पैसा लेनदेन कार्य हुनु अत्यन्तै दुखद् भएको उनको भनाइ छ ।

सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले भनिन्, ‘पहिलो कुरा त राज्य सही हुनुपर्‍यो । राज्य दह्रो भयो भने ५० प्रतिशत समस्या आफैं हल भएर जान्छ ।’

राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफैं समाधान भएर जाने उनको भनाइ थियो ।

अर्को प्रसङ्गमा उनले देउवा सरकारको कार्यशैली प्रति पनि टिप्पणी गर्दै साधुलाई लखेट्ने र चोरलाई चौतारो दिने व्यवहार भएको बताइन् ।

‘बलात्कारजस्ता घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?