+
+

प्रदेश सरकार र संघर्ष समितिबीच सम्वाद सुरु

सुरेश बिडारी सुरेश बिडारी
२०७४ फागुन ८ गते ११:५३

८ फागुन, वीरगञ्ज । प्रदेश सरकार र वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउने पर्ने माग राख्दै आन्दोलनरत संघर्ष समितिबीच सम्वाद सुरु भएको छ ।

मंगलबार बिहान वीरगञ्जमा दुई पक्षबीच सम्वाद थालिएको हो । यद्यपि, अहिले केहीवेरलाई सम्वाद स्थगित छ ।

सम्वादमा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।

तर, संघर्ष समितिले आफ्नो अडान यथावत राखेको समितिका सचिव श्याम पटेलले जानकारी दिए ।

‘कुरा निष्कर्षमा पुग्न सकेको छैन, मन्त्रीलाई उद्योग वाणिज्य संघको कार्यक्रममा जानुपर्ने भयो’, उनले भने, ‘हामी आन्तरिक छलफल गर्दैछौं ।’

मुख्य मन्त्री लालबाबु राउतले संघर्ष समितिसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका छन् ।

संर्घष समितिका तर्फबाट संयोजक एवं पूर्वमन्त्री सुरेन्द्र चौधरी, सह–संयोजक राजकुमार गुप्ता, बसरुदिन अंसारी, शम्भु गुुप्ता, अरबिन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?