Comments Add Comment

सर्वोच्चलाई डा. केसीको जवाफः पराजुलीलाई पदमुक्त गराइ छाड्ने संकल्प छ

८ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गराइ छाड्ने आफ्नो संकल्प रहेको बताएका छन् ।

सर्वोच्चमा विचाराधीन अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै डा. केसीले पराजुलीबारे आफ्नो पूर्व अडान दोहोर्‍याएका छन् ।

नौंबुँदे जवाफमा उनले भनेका छन्, ‘मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायालयविरुद्ध होइन ।’

आफू चिकित्सा क्षेेत्रको सुधारका लागि आन्दोलनरत रहेको तर, प्रधानन्यायाधीश पराजुलीका आदेश तथा फैसलाले मेडिकल माफियाले प्रशय पाउने र सुधारको साटो विकृत आएको उनको दाबी छ ।

पराजुलीले आफूलाई पक्राउ गर्न षड्यन्त्र गरेको तथा आफ्ना वकिललाई मार्ने धम्की दिएको डा. केसीको जवाफमा उल्लेख छ ।

साथै नागरिकता, शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित विचाराधीन मुद्दामा प्रभाव पार्न अनुचित काम गरेको भन्दै पराजुली प्रधानन्यायाधीश पदका लागि उपयुक्त नभएको उनले बताएका छन् । ‘निजलाई पदमुक्त गराइ छाड्ने मेरो संकल्प छ’ उनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment